सभामुख सापकोटाको रिट न्यायाधीश मल्लको इजलासमा, सपथ ग्रहण आजै

काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो ।
आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको थियो । हिजो मात्र प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले आजै केहीबेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।
सभामुख सापकोटाको विषयमा विभिन्न संघ संगठनले विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्