कोरोना भाइरसको प्रकोपमा पर्यटनमन्त्रीको छलफल, नेपालमा भयावह अवस्था छैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेका छन् ।
पयटन वर्ष २०२० मनाईरहँदा चनिमा फैलिएको नेपालमा कोरोना भाइरसको प्रकोप फैलिए पछि नेपालमा पनि त्रास फैलिएको छ । । मन्त्री भट्टराईले नेपालमा कोरोना भाइसरसको भयावह अवस्था नहरेको बताएका छन् । भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित नरहेको उल्लेख गर्दै उनले यसमा सरकार सचेत रहेको बताए ।

मन्त्रालयले सोमबार पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेको हो । छलफलमा नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश सरकारी तवरबाटै आउनुपर्ने माग निजी क्षेत्रका प्रतिनिधिले गरेका थिए । जवाफमा मन्त्री भट्टराईले नेपाल प्रकोपमा रहेको सन्देश नजाने तर पूर्ण तयारीमा रहेको सन्देश भने प्रवाह गर्न आग्रह गरे । उनले विमानस्थल र सीमा नाकामा हुने चेकजाँचमा अत्याधुनिक उपकरण थप्न विमानस्थल तथा अन्य सरोकारवालालाई निर्देशन दिएका छन् ।

अध्यागमन र विमानस्थलका विभिन्न निकायमा खटिने कर्मचारीलाई सुरक्षित रहने उपाय अपनाउन पनि उनले आग्रह गरे । होटलहरुले बिरामी भेट्नासाथ अस्पताल पठाएर सहयोग गर्नुपर्ने उनले बताए । चीनबाट आउने जहाजलाई अन्य यात्रुहरुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न उनले विमानस्थललाई निर्देशन दिए ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले एकै पटक ठूलो संख्यामा आएका पर्यटकको ज्वरो नाप्न सकिने गरी उपकरण जडान गरिएको बताए ।
चनिबाट आउने पर्यटकलाई सुरक्षीत रुपमा अवतरण गरि चेक जाँचपछि मात्र गन्तव्यतीर व्यवस्थापन गर्नुे मन्त्री भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्