चौँथो राष्ट्रिय अर्गानीक कृषि मेला हुँदै

ललिता कुमारी गोले: काठमाण्डौँ, माघ १२ गते । ललितपुरको पाटन सङग्राहलयमा चौँथो राष्टिय अर्गानीक कृषि मेला हुने भएको छ ।
अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्गा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा माघ १७ गते देखि २० गते मेला आयोजन गर्न लागिएको रिपोर्टस क्लबमा आइतबार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सह–आयोजकका रुपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगतको ब्यापार तथा निकासी केन्द्र रहेको छ । रोग लागेर औषधी उपचार गर्नु भन्दा पनि रोगै नलाग्ने उपायको खोज गर्नु यस मेलाको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ ।
बजारमा जे पाईन्छ त्यही किनेर प्रयोग गर्ने शहरीया जीवन शैलीले पनि मानव स्वास्थ्यमा गम्भिर असर पारेको अवस्थामा छ । रोगको शिकार हुनुको मुख्य कारण विषदी खानपान नै हो । मेलाको मुख्य उद्देश्य भनेको स्वस्थ्य भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोक्ताको हितको संरक्षण र प्रवद्र्घनमा सहयोग पु¥याउनु रहेको छ ।

कार्यक्रममा अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्गा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपक प्रकाश वास्कोटेले यो मेला विसुद्ध रुपमा आम उपभोक्तालाई अर्गानिक र विषादि मुक्त खाद्यको प्रयोग गर्न सुसूचित गर्न यो मेला आयोजना गरिएको बताए । उपभोक्ता र किसानलाई सचेत बनानाई आम जनताको जनस्वाथ्यमा सचेत गराउन यो कार्यक्रमले सहयोग पुग्ने बताए ।

अर्गानिक विषयसंग सम्बन्धित कार्यपत्र प्रस्तूत तथा अन्तरकृया मार्फत सरोकारवालाहरुलाई जानकारी उपलब्ध गराउने यस मेलाको उद्देश्य रहेको छ । अर्गानिक उत्पादनहरुको बारेमा आम नागरिकमा जानकारी दिदैं त्यस्ता उत्पादनको प्रबद्र्घन गरी अर्गानिक अभियानलाई टेवा पु¥याउन उत्पदाक र उपभोक्ताको साझा मञ्चको विकास गर्ने इत्यादी यस मेलाको मुल मर्म हो । मेलामा ५० भन्दा बढी स्टलहरु हुनेछन ।
यो मेलाको खर्च ३० लाख अनुमान गरिएको छ । मेलामा १ करोडको कारोबार हुने अपेक्षा गरीएको छ । मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गगारीक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापर लगायतका अन्य उत्पादनहरु, फलफुल, विउ विजन, मह, तेल, राडी, पाखी लगायत अन्य कृषि उपजहरु तथा कृषि तथा बाणिज्य, व्यापार सम्बन्धी प्रोजेक्टरहरु सम्बन्धमा जानकारी, सूचना समेत प्रवाह गरिने छ ।

प्रतिक्रिया दिनुहोस्