जीवन बीमा कम्पनीका सीईओहरुले खोले छुट्टै संघ, अध्यक्षमा पाण्डे

काठमाडौं , माघ १२ । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले आफ्नै छाता संगठन स्थापना गरेका छन् । नेपालमा जीवन बिमाको बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न जीवन बिमा व्यवसाय गर्ने बिमकबीचमा आपसी छलफल तथा सहजीकरणमार्फत् जीवन बिमासम्बन्धी समस्या समाधान गर्न संघ बनाइएको हो ।

यस अघि जीवन तथा निर्जिवन बीमा कम्पनीहरु सबैको एकमात्रै संगठन नेपाल बिमक संघ रहेकोमा जीवन बीमा कम्पनीका सीईओहरुले छुट्टै संस्थाको स्थापना गरेका हुन् ।यस्तै नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफारहित संस्था खुलेको पनि बताएको छ ।

जीवन बिमा कम्पनीहरूले संस्था दर्ता ऐन, २०३४ बमोजिम “जीवन बिमक संघ नेपाल” नामको संस्था स्थापना भएको हो । संघको कार्यसमितिमा बैंकहरूको प्रमुख कार्यकारी अधिकृतहरू छन् । जसमा अध्यक्ष भने सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे रहेका छन् । यस्तै मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठ उपाध्यक्ष तथा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल सचिव रहेका छन् ।

संघको कोषध्यक्ष रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली छन् भने सदस्यहरूमा राष्ट्रिय बिमा संस्थानका प्रमुख कार्यकारी अधिकृत कविप्रसाद पाठक, युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण, रिलायवल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी, सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र ज्योति लाइफका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री रहेका छन् ।

यसैगरी संघले जीवन बिमा व्यवसाय तथा सोको विकाससँग सम्बन्धित नीति नियम तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कार्यमा नियामक निकायलगायत नेपाल सरकारका अन्य निकायलाई जीवन बिमासँग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराई सहयोग पु¥याउने उद्देश्य लिएको अध्यक्ष पाण्डेले बताए ।

नेपालमा नियामक निकायबाट इजाजत लिई सञ्चालित जीवन बिमा कम्पनीहरूबीच आपसी समझदारी, सौहार्द वातावरण कायम गरी व्यवसायको संरक्षण तथा विकास गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघ संस्थाको सदस्यता लिई नेपालको जीवन बिमा व्यवसायको विकासमा सहयोग पु¥याउने, जीवन बिमा व्यवसायसँग सम्बन्धित बुलेटिन आदि प्रकाशन गर्ने÷गराउने, अन्तर्रा्ष्ट्रिय बिमा संघ र सामाजिक संघ–संस्थाको आवश्यकताअनुसार सदस्यता ग्रहण गर्ने, जीवन बिमा व्यवसायलाई देश विकासको मेरुदण्डको रूपमा विकास गर्न अन्य आवश्यक कार्यहरू गर्ने आदि उद्देश्य संस्थाको रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्