ज्योति लाइफ इन्स्योरेन्सको नाफा ६ करोड ८९ लाख
काठमाडौं , माघ १२ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले रू. ६ करोड ८९ लाख नाफा कमाएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले यो नाफा कमाउन सफल भएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा कम्पनीले रू.६ करोड ४४ लाख नाफा कमाएको थियो । दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.७५ करोड १३ लाख बीमा शुल्क आर्जन गरेको छ । बीमाशुल्क आर्जन गत आवको दास्रो त्रैमासको तुलनामा १३६ प्रतिशतले वृद्धि भएको हो ।
सो अवधिमा कम्पनीले ३१ करोड ८३ लाख बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५४ करोड छ ।प्रतिशेयर आम्दानी रू.८ दशमलव ९५ र प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव १५ छ ।
रिर्जभ कोषमा रू.३३ करोड ४६ लाख छुट्याएको छ । दोस्रो त्रैमाससम्ममा जीवन बीमा कोषमा रू. १ अर्ब २० करोड जम्मा भएको छ । सोही अवधिमा कम्पनीले बीमा लेख धितोमा राखेर रू.७ करोड ६२ लाख कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्