टी–२० क्रिकेटः न्यूजिल्याण्डले दियो भारतलाई १३३ रनको लक्ष्य
काठमाडौं, माघ १२ । भारत र न्यूजिल्याण्डबीच जारी पाँच खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेल भइरहेको छ । खेलमा न्यूजिल्याण्डले भारतलाई १३३ रनको लक्ष्य दिएको छ।
जारी खेलमा न्यूजिल्याण्डको अक्ल्याण्डमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले पाँच विकेटको क्षतिमा १३२ रन जोडेको हो।बलिङतर्फ भारतका रवीन्द्र जडेजाले दुई तथा शार्दुल ठाकुर, जसप्रीत बुमराह र शिवम् दुवेले एक–एक विकेट लिए। भारतले जवाफी व्याटिङ थालेको छ।
न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र टीम शिफर्टले समान ३३–३३ रन जोडे। यस्तै कोलिन मुन्द्रोले २६, रोस टेयलरले १८ रन र कप्तान केन विलिम्सनले १४ रनको योगदान दिए। सिरिजको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस्