कोरोनाभाइरसः नेपालमा सङ्क्रमित भेटिएपछि सचेत रहन सरकारको निर्देशन

काठमाडौं, माघ ११ । चीनमा फैलीको कोरोनाभाइरसको सङ्क्रमण एक नेपालीमा भेटिएको पुष्टि भएसँगै नेपालमा थप सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्।

शनिवार बिहान बसेको बैठकले काठमाण्डूका सबै अस्पतालहरूलाई सतर्क अवस्थामा रहन र आइसोलेसन वार्डबनाएर तीन दिन भित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 


काठमाण्डूस्थित मुलुकको एक मात्रै अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र आवश्यक परेको अवस्थामा त्यहीँबाट अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राख्ने कार्य भइसकेको अधिकारीहरूले बताएका छन्।
चीनमा नयाँ वर्ष तथा वसन्त पर्वको छुट्टी सुरु भएका कारण यो बेला चीनमा पढ्न गएका नेपालीहरू नेपाल फर्कने गर्छन्। सक्रमणबाट चीनमा अहिले सम्म कम्तीमा ४१ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्