एउटै व्यक्तिलाई १० ओटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम गरे : गभर्नर नेपाल

काठमाडौं , माघ ११ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को शुक्रवार यहाँ उद्घाटन गर्दै उनले भने, ‘एउटै व्यक्तिलाई १० ओटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।’

गभर्नर नेपालले सानो गल्तीका कारण व्यक्ति, परिवार र समाजलाई बेफाइदा भइरहेकाले आर्थिक कारोवार गर्दा खेलबाड गर्न नहुने बताउँदै पैसालाई सहीरूपमा उपभोग गर्न सकेको अवस्थामा मानिस जीवनमा सफल हुने विश्वास व्यक्त गरे ।

‘संसारमा धेरै व्यक्ति सानातिना व्यवसायबाट अहिले अर्बपति भएका छन्’, उनले भने, ‘गरीबको कोखमा जन्मेकोमा पछुतो मान्नु हुँदैन, व्यवसाय गरेर सफल व्यक्ति बन्न सक्नुपर्छ ।’

नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख राजेन्द्र भट्टराईले सानापूँजीका बैंक एकीकरण गर्ने अभियान जारी रहेको बताए ।

जनउत्थान सामुदायिक लघुत्तिका अध्यक्ष बाबुराम विश्वकर्मा र साइन रेसुङ्गाका डिसी प्रकाश गुरुङले बैंक तथा वित्तीय संस्थाबाट स–साना कर्जा पाएका मानिसले व्यावसायिक रूपमा सफलता हासिल गरेको बताए ।

पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले सरकारले सस्तो र सुलभरूपमा कर्जा प्रदान गर्ने भनिए पनि सहजरूपमा कर्जा पाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्