स्वाभिमान लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न, २५.२७ प्रतिशत लाभांश पारित

काठमाडौं , माघ ११ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एक कार्यक्रमकाबीच शुक्रबार सम्पन्न भएको हो ।

सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको २४ प्रशित बोनस शेयर र १ दशमलव २७ प्रतिशत नगद लाभांश पारित गरेको छ । साथै सभाले बोनस शेयर जारीपश्चात कायम चुक्तापूँजीको ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी कविराज तिमल्सीनालाई निर्विरोध संचालकमा चयन गरेको छ । सभा संचालक समितिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका –५ मा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले हाल ६ ओटा जिल्लामा २२ ओटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ ।

साथै सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्ण राज चौधरीले संस्थाको भावी योजना तथा हालको अवस्थाको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्