राष्ट्रिय वाणिज्य बैंक ५५औं वर्षमा
काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । यस अवसरमा बैंकले विविध कार्यक्रमको आयोजना गरी मनाएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको जानकारी दिएका थिए । बैैंकले यस अवधिमा खुद नाफा २ अर्ब ५ करोड रुपैंया गरेको उनले बताए ।
कार्यक्रममा ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा संचालन भएका थिए । साथै कार्यक्रममा २० वर्ष अवधि पुरा गरेका र पूर्व कर्मचारीलाई पनि सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्