अमेरिकाको रेर्कड तोड्ने कोसिसमा नेपाल

ललिता कुमारी गोले:

काठमाण्डौँ, १० माघ । डिलबहादुर मगर ( डिकेश) लगायत १२ जना युवायुवतीले नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारी गरेको छ ।
मारुनी मिडिया नेटवर्कको आयोजनामा नेपालको मौलिक गित संगित र भेषभुषामा डिल बहादुर लगायत १२ जना युवा युवती २७ घण्टा सामुहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेर्कडमा नाम लेखाउने तयारी गरेका हुन् ।

सो कार्यक्रममा नेपालको मौलिक गित संगित र भेषभुषामा नृत्य प्रस्तुत गरिने छ । उक्त कार्यक्रमको लागि गिनिज बुकले अनुमती दिइसकेका छन् । सो कार्यक्रम समारोहलाई देशको विशिष्ट व्यक्तिहरुद्वारा यही आउने फागुन २२ गते काठमाण्डौँमा गर्ने तय भएको छ ।

अहिलेसम्म अमेरिकाले सामुहिक नृत्यमा राखेको रेकर्डको ठाउँमा नेपालले सो स्थान नाम लेखाउने छन् । अमेरीकाले २४ घण्टा १ मिनेट सम्को सामुहिक नृत्य गरेर विश्व विश्व रेर्कड राखेको छ । यसअघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एम.टि.भि.ओ. म्युजिक अवार्डको नाममा १३ जना युवायुवतीले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको विश्व रेकर्ड राखेका थिए ।

अमेरिकाको नाममा रहेको यसअघिको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्ने प्रयासस्वरुप मारुनी मिडिया नेटवर्कमार्फत १३ जना नेपाली युवा युवतीद्वारा सामूहिक नृत्य गर्ने घोषणा गरिएको हो । सामूहिक नृत्यमा सामेल हुनेहरुमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन् ।

मारुनी मिडिया नेटवर्कका प्रवन्धक डिल बहादुर मगर (डिकेश) को नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘यो प्रयासबाट युवा पुस्तामा नेपाली मौलिक लोक संस्कृति र नृत्यप्रतिको दृष्टिकोणमा केही हदसम्म भएपनि परिवर्तन आउने अपेक्षा गरिएको छ । साथै, नेपाली लोक संस्कृति र लोक नृत्यलाई विश्वमा चिनाउने र नेपाल र नेपालीको नाम विश्वमा पुर्याउने यो प्रयासलाई सफल बनाउन तपाईको साथ र सहयोग हाम्रा लागि अत्यन्तै महत्वपूर्ण रहनेछ । यस कार्यमा सबैको हौसला र साथ रहनेछ भन्ने अपेक्षा राखेका छौं ।’ सो रेकर्ड तोड्नलाई डिलबहादुर मगर ( डिकेश) लगायत १२ जना युवायुवतीले यो प्रयास सफल भएमा नेपालको गौरव बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्