पूर्वराजा ज्ञानेन्द्र शाह आज किन जादैछन् सुर्खेत ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह देउती बज्यै मन्दिर दर्शनकालागि आज सुर्खेत जादै छन् । पूर्वराजा शाहले मध्यपश्चिम क्षेत्रकै प्रशिद्ध देउती बज्यै मन्दिरमा बिहान साढे १० बजेदेखि ११ बजेम्म पूजाआजा गर्ने कार्यक्रम रहेको वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरीले जानकारी दिएका छन् ।

पूर्वराजालाई देउती बज्यै मन्दिर जाने मूल गेट पिपिराचोकबाटै मन्दिरद्वारसम्म फूलमालासहित स्वागत गर्ने कार्यक्रम पनि रहेको उनले उल्लेख गरे। सुर्खेतमा पूर्वराजा शाहको स्वागतका लागि प्राध्यापक बलभद्र भारतीको संयोजकत्वमा ६ सय ५१ सदस्यिय स्वागत समिति गठन गरिएको छ ।

मन्दिरको दर्शनपछि दिउसो सुर्खेतका नागरिकलाई भेटेर पूर्वराजा शाह काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्