सापकोटामाथि कुनै मुद्दा छैन: प्रचण्ड

काठमाडौं, माघ १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार गलत भएको दबि गरे ।
प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन।”

सिङ्गै संसद्ले सापकोटालाई स्वीकार गरिसकेको भन्दै उनले थपे “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन।”

तर सापकोटा विरुद्ध आज मात्रै सर्वोच्चमा रिट दायर भएको छ भने राष्ट्रपतिका राजनितिक सल्लाहाकारे पनि आफुले मुद्धा हालेको व्यक्तिलाई सभामुख पदमा मनोनयन गरेको भन्दै उनले राजिनामा समेत दिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्