राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलद्वारा पदबाट राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुलले शुक्रबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

प्याकुरेलले आफ्नो राजीनामा पत्रमा राष्ट्रपति संस्थाको विज्ञ सल्लाहकारको रुपमा औपचारिक परिधिभन्दा बाहिर रहेर काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् । तर, राष्ट्रपति भवन शीतल निबास स्रोतले भने अग्नि सापकोटालाई सभामुख बनाउन लागिएकोप्रति असन्तुष्टि जनाएर प्याकुरेलले पदबाट राजीनामा दिएको बताएको छ ।

उनी ०७४ मा भण्डारीको सल्लाहरकारमा नियुक्त भएका थिए । भण्डरीको पहिलो कार्यकालमा पनि उनी दुई वर्ष सल्लाहकारको जिम्मेवारीमा थिए । प्याकुरेलले काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरूद्ध २०७२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्