प्रभु इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं , माघ १० । प्रभु इन्स्योरेन्सको ५प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ प्रतिकित्ता ४०० रुपैयाँ ९५ पैसा भाउ तोकिएको छ । आइतबार (माघ १२) यही मूल्यलाई आधार मानेर प्रभु इन्सुरेन्सको सेयर कारोबार खुला हुनेछ । माघ २४ गते साभारण सभा बोलाएको यस कम्पनीले आज (माघ १० गते) बुक क्लोज गरेको हो ।

साधारण सभा प्रभु इन्सुरेन्सको कार्यलय, प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ ।

सोमबार (माघ ९ गते) सम्म सेयर खरिद गर्ने लगानीकर्ता लाभांशको दाबेदार हुनेछन् । प्रभुले गत वर्षको नाफाबाट ५५ बोनस सेयर र करप्रयोजन सहित ११.३२५ नगत लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्