सानिमा बैंकको नाफा १६.८३५ ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं , माघ १० । सानिमा बैंकको नाफा १६।८३५ ले बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब १४ करोड ७४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १६.८३५ बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ९८ करोड २० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ९५ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी भएसँगै खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमाश स् १३.५४५ र १६.५०५ ले बढेको छ । बैंकको चुक्ता पुँजी १०५ ले बढेको छ ।
चुक्ता पुँजीको आकारभन्दा खुद नाफा केही बढी बढेकाले प्रतिसेयर आम्दानी बढ्न सहयोग पुगेको हो । प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसाले बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०६ पैसा छ । बैंकको खराब कर्जा भने बढेको छ ।
प्रतिक्रिया दिनुहोस्