दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा ४ प्रतिशतले घट्यो

काठमाडौं, माघ १० । चालू आवको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा घटेको छ । बैंकको नाफा ४ प्रतिशतले घटेर रू. १ अर्ब २ करोडमा सीमित हुनु पुगेकोृ छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ६ करोड थियो ।

चालू आवको दोस्रो त्रैमासमा बैंकको खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । बैंकको वितरणयोग्य नाफा रू. ५७ करोड ४९ लाख छ ।

बैंकले दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनमा २१ प्रतिशत बढी हो । प्रतिशेयर आम्दानी रू. २१ दशमलव ५७, मूल्य आम्दानी अनुपात १४ दशमलव ६५, तरलता अनुपात २० दशमलव ९६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ७२ छ ।

बैंकको चुक्तापूँजी रू. ९ अर्ब ७८ करोड छ । यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । रिजर्भ कोषमा रू. ३ अर्ब ८५ करोड छुट्याएको छ ।

चालू आवको दोस्रो त्रैमासमा बैंकले रू. १ खर्ब २६ अर्ब निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब १८ अर्व कर्जा प्रवाह भएको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा निक्षेप १० प्रतिशत र कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि भएको हो ।

दोस्रो बजारमा बिहीवार बैंकको शेयर कारोबार प्रतिकित्ता रू. ३१७ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्