अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट, कारणसहित हेर्नुहोस्

काठमाडौँ । माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ ।

यस सम्बन्धी अर्को मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागेको भन्दै केही अधिकारकर्मीले विरोध समेत गर्दै आएका छन् ।

यसैबीच भर्खरै मात्र प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।अधिवक्ता दिनेश त्रिपाठीले आइतबार व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित निर्वा्चित नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सभामुख पदमा निर्वा्चित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न रिटमा माग गरिएको छ ।यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ ।यसैगरी मुद्दाको पेशी आइतबारको लागि तोकिएको त्रिपाठीले बताए ।

७ गतेको सभामुखको मनोनयन दर्तामा उनको मात्रै उम्मेदवारी परेकाले अब सापकोटा औपचारिक रुपमा सभामुख भएको घोषणामात्रै बाँकी छ । आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्