एनएसीका २५ जना पाइलटले सामूहिक राजीनामा, विभेद गरेको आरोप

काठमाण्डौ, १० माघ । नेपाल एअरलाइन्स (एनएसी)का २५जना पाइलटले सामूहिक राजीनामा बुझाएका छन् ।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय म्याद दिई व्यवस्थापनसमक्ष सामुहीक राजीनामा पत्र बुझाएका हुन् ।

काम तथा व्यवस्थापनमा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने तर सेवा सुविधा विदेशी पाइलटलाई बढी दिएको आरोप लगाउँदै काममा आफूहरु मर्कामा परेको भन्दैै उनीहरुले दिइएको बुझिएको छ । तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् ।

तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नफर्कने भन्दै उनीहरुले राजीनामा पत्रमा लेखेका छन् ।

नेपाल एअरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर व्यस्थापन पक्षले वास्ता नगरेका कारण आज यो अवस्था आएको एक पाइलटले बताए ।

प्रतिक्रिया दिनुहोस्