युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा वरिष्ठ उद्यमी श्रेष्ठ
काठमाडौं, ९ माघ । युनाईटेड ईन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भउका छन् । कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत रहेका श्रेष्ठले बीमकको संस्थागत सुशासन निर्देशिका बमोजिम बिहिबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ ग्रहण गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसक्नु भएको छ । अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।
कुसल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याती कमाउनु भएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीका रूपमा स्थापित गर्नुहुने विश्वास गरिएको छ । साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्