सातै प्रदेशमा शान्तिपूर्णरूपमा राष्ट्रियसभा निर्वाचन सम्पन्न

काठमाडौं, माघ ९ । राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र ९८ प्रतिशत बढी मत खसेको बताए । उनका अनुसार अहिले मतपेटिका संकलन भइरहेको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिने र त्यसपछि मतगणना सुरु गरिने प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार साँझ ६ बजेसम्ममा मतगणनाको कार्य प्रारम्भ हुनेछ ।

निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।

पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मतदान भइरहेको हो । ५९ सदस्यीय राष्ट्रिय सभाबाट दुई वर्षमा एक तिहाई सदस्य बिदा हुँदै नयाँ थपिने गर्छन् ।

राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र ९८ प्रतिशत बढी मत खसेको बताए । उनका अनुसार अहिले मतपेटिका संकलन भइरहेको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिने र त्यसपछि मतगणना सुरु गरिने प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार साँझ ६ बजेसम्ममा मतगणनाको कार्य प्रारम्भ हुनेछ ।

निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।

पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मतदान भइरहेको हो । ५९ सदस्यीय राष्ट्रिय सभाबाट दुई वर्षमा एक तिहाई सदस्य बिदा हुँदै नयाँ थपिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्