देशभरका आन्दोलनरत नर्सहरुले तीन घण्टा ड्युटी नगर्नेः यस्तो छ कारण

काठमाडौं । एक सातादेखि आन्दोलनरत देशभरका नर्सहरुले आजपनि तीन घण्टा ड्युटी नगर्ने भएका छन् । ११ बुँदे मागराख्दै आन्दोलनरत देशभरका नर्सहरुले आफ्नो माग पुरा नभएको भन्दै सोमवारदेखि दैनिक ३ घण्टा ड्युटी नगर्ने घोषणा गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन दिनसम्म विहान १० देखि १ बजेसम्म दैनिक ३ घण्टा ड्युटी नगर्ने जनाएका हुन् । तीनदिन भित्रपनि माग पूरा नभए भोलीदेखि ६सम्म सबै अस्पताल र शैक्षिक संस्थामा विहान ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविकारुपमा काम गराएर निष्काशित गरिएका नर्सको पुनःस्थापनालगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेदेखि देशव्यापीरुपमा चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्