क्यान्सुर पीडित पाण्डेलाई आर्थिक सहयोग

काठमाण्डैँ, माघ ७ गते । एभरेष्ट सर्पोट नेपालले क्यानसरबाट पीडित नविन पाण्डेलाई आर्थिक हस्तान्तरण गरेको छ ।
ब्लड क्यानसरबाट विगत तीन महनिादेखि पीडित पाण्डेलाई एभरेष्ट सर्पोटले विभिन्न संघ/संस्था तथा व्यक्तिहरुबाट संकलित रु.२ लाख ४६ हजार ८३४ रकम हस्तान्तरण गरेको हो । १९ वर्षीय पीडित पाण्डेको उद्धारको लागि रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमकाबीच पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले उनका बुवा हरि पाण्डेलाई रकम हस्तान्तरण गरेका हुन् ।

एभरेष्ट सर्पोट नेपालले नविन पाण्डे बचाउ अभियान सञ्चालन गरेर संकलित भएको उक्त रकम हस्तान्तरण पीडितका बाबु हरी पाण्डेलाई हस्तान्तरण गरिएको अभियन्ता रिना सुब्बा बताए । उक्त कार्यक्रममा बोल्दै महासघको उपाध्यक्ष मगरले मानवीय भावले विभिन्न संघ/संस्थाबाट संकलित भएको रकम हन्तान्तराण् गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको बताए । उनले भने, “मानवीय भाव प्रकट हुनु राम्रो हो र हुनु पनि पर्छ । हाम्रो सानो सहयोगले कसैको जीवन बाँच्न सक्छ । सेवा नै सबैभन्दा ठूलो धर्म हो ।” थापाले नविन पाण्डेको शीघ्र लाभको कामना गर्दै सहयोगी मनहरुलाई उपचारमा थप सहयोग गरिदिन आग्रह गरेका गरे । उनले भने,‘म व्यक्तिगत र संस्थाको तर्फबाट नविनजीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै स्वदेश तथा विदेशमा रहनुभएका सहयोगी मनहरुलाई नविन बचाउ अभियानमा जोडिन पनि विशेष अनुरोध गर्दछु।’

कार्यक्रममा एभरेष्ट सर्पोट नेपालका तर्फबाट कार्यक्रमकी संयोजक यमुना श्रेष्ठले ‘नविन बचाउ अभियान’ मा जोडिएर आफूहरुले उक्त रकम संकलन गरेको र आज हस्तान्तरण गरेको सुनाइन्र ।

कार्यक्रममा बाबु हरी पाण्डेले फेसबुक सामाजिक ग्रुप एभरेष्ट सर्पोट तथा सहयोगीहतहरुलाई धन्यवाद व्यक्त गर्दै आफ्नो छोरालाई बचाई दिन सबैलाई आग्रह गरे ।

उनको आर्थिक अवस्था कमजोर भएकाले सबैको सहयोगको उपेक्षा गरे । हाल पाण्डे परिवार काठमाडौँ स्थित बागबजारमा बसोबास गर्दै आएका छन् भने उनको स्थाई बसोबास भोजपुर, सडान्द नगरपालिका-१२ हुन् । उसलाई सहयोग गर्न चाहनेहरुले ९८०३६८८३९३ मा सम्पर्क गर्नुहोला अथवा सनराइनज बैंक खाता नं ०२२०४६७५००२०५०० मा रकम जम्मा गरि सहयोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्