अब ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा

काठमाडौं, माघ ७ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो नयाँ शाखा बर्दियाको गुलरियामा विस्तार गरि सञ्चालनमा ल्याएको छ ।

सोमबार प्रदेश नं. ५ को बर्दियाको गुलरीया नगरपालिका वडा नं. ६ जीवीस रोडमा नयाँ शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

शाखा विस्तार भएसँगै अब त्यहाका स्थानीयलाई सेवामा सहजता आउने भएको छ । यसरी शाखा विस्तार हुँदा स्थानिय खुशी पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्