धादिङमा दर्शन गरेर फर्कंदै गरेको मिनिट्रक दुर्घटना: छ जनाको मृत्यु, १९ घाइते

काठमाडौं, माघ ७ । धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । घटनामा १९ जना यात्रु घाइते छन्। घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए।

मंगलबार भएको दुर्घटनामा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।

मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएको छ। उक्त ट्रकमा २५ जना रहेको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्