माछापुच्छ्रे क्यापिटलले पायो सञ्चालन अनुमति

काठमाडौं, माघ ७ । माछापुच्छ्रे क्यापिटलले सञ्चालन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सञ्चालन अनुमति दिएसँगै अनुमति पाउन सफल भएको हो ।

सोमकबार क्यापिटलले ३२ औ मर्चेन्ट बैंकको रुपमा अनुमति प्राप्त गरेको हो।

माछापुच्छ्रेले अण्डरराइटीङ, शेयर परामर्श सेवा र पोर्टफोलियो म्यानेजमेन्टको काम गर्ने गरि अनुमति पाएको बैंकले जनाएको छ । क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्