धमाधम बन्दै संसद् भवन , राष्ट्रियसभा अध्यक्षद्वारा निरीक्षण
काठमाडौं, माघ ७ । सिंहदरबारस्थित पुतली बगैँचामा निमार्णाधीन सङ्घीय संसद् भवनको निमार्ण कार्य तिब्र रुपमा अगाडि बढिरहेको छ । यसको लागि काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । यसैबीच भवनको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरीक्षण गरेका छन्।
सिंहदरबारको उत्तरी क्षेत्रमा निर्माण भइरहेको उक्त भवनको निर्माण कार्य धमाधम भइरहेका बेला अध्यक्ष तिमिल्सिना पुतली बगैँचा पुगेर निरीक्षण गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त भवन निर्माणको ठेक्का तुदीँ कन्स्ट्रक्सन प्रालिले पाएको छ।
अनामगरस्थित पूर्वी ढोकाको उत्तरी क्षेत्रतर्फ नयाँ ढोका खोलेर निर्माण सामग्री संसद् भवन निर्माणस्थलमा लैजाने गरिएको छ । र काम अगाडि बढिरहेको छ ।














प्रतिक्रिया दिनुहोस्