सभामुखमा अग्नि सापकोटाको मात्रै उमेदवारी दर्ता
काठमाडौं, माघ ७ । सभामुखमा नेकपाका नेता अग्नि सापकोटाको मात्रै एकल उमेदवारी परेको छ ।सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयका सहसचिव अर्जुन खड्काले जानकारी दिए । मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म उमेदवारी दर्ताको समय रहेको थियो ।
सापकोटाको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ्ग र समर्थकमा ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्ण रहेका छन् ।
उमेदवारी दर्तापछि सापकोटाले लोकतान्त्रिक व्यवस्थालाई उचो बनाउन भूमिका खेल्ने बताएका छन् । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोजदेखि सभामुख खाली भएको थियो ।
यता सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ । शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने माघ १२ पछि मात्रै सुरु हुने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्