लेस्टर सिटी र वेष्ट ह्याम एफए कपको चौथो चरणमा प्रवेश

काठमाडौं । लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा फ्लीटउड टाउनलाई २–० ले हराउँदै लेस्टर सिटी चौथो चरणमा पुगेको हो । खेलमा लेस्टरलाई विजयी गराउन दुवै गोल केलेची ईहिनाचोले गरे ।
गएराति भएको अर्को खेलमा श्रिउस्वरी टाउनलाई १–० ले हराउँदै वेष्ट ह्याम युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ ।
गएरातिका अन्य खेलमा विजयी हुँदै कार्डिफ सिटी, सेफिल्ड वेनस्डे र रिडिङ पनि चौथो चरणमा उक्लिएका छन् । एफए कप फुटबलकै अर्को खेलमा आज राती चेल्सी र नर्वीच सिटी भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्