प्रदेश १ मा थपिए चार जना राज्यमन्त्री, कसलई कुन जिम्मेवारी ?

काठमाडौं, माघ ५ । प्रदेश १ मा ४ जना राज्यमन्त्री थपिएका छन् । प्रदेश १ सरकारले राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद विस्तार गरेको छ । चारैलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री थप गरेका हुन्।

जसमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन्।

गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

थपिएका राज्यमन्त्रीहरुलाइ मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ पनि गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्