छाउपडी प्रथा अन्त्य गर्नुपर्छ, ज्यान जाने प्रथा किन मान्ने ?

काठमाडौं, माघ ५ । अहिले सुदुर तथा कर्णालीका जिल्लामा छाउ गोठ भत्काउने अभियान चलीरहेको छ । यका लागि प्रहरी तथा त्यहााका जनप्रतिनिधिको रोहवरमा यो अभियाान चलीरहेको छ । सबै भन्दा बढि मान्ने यो पर्थाको अन्त्य गर्न यो अभियान सरकारले नै चलाएको हो । यसैक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिम पुगेका छन् । उनले त्यहाा पुगेर व्याप्त रहेको छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् ।

छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताए ।

सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले भने, ‘छाउपडी प्रथाकाकै कारण कयौँ महिला दिदीबहिनीको अकालमै ज्यान गइसकेको छ, ज्यान जाने प्रथा किन मान्ने ?’ मन्त्री गुरुङ छाउपडी प्रथाको बारेमा बुझ्न आजै अछाम गएका छन् । उनको साथमा सांसद प्रेमबहादुर आलेमगरसहितको टोली रहेको छ ।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुने बताए । उनले भने, ‘एमसीसी नेपाल र नेपालीको हितमा छ, अनावश्यक विवाद गर्नु जरुरी छैन् ।’ एमसीसीबारे बहस हुनु राम्रो भए पनि विवाद देखाउनु अनुचित भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्