गायिका आस्था राउतलाई पक्राउ गर्दै प्रहरी, हुनसक्छ यस्तो कठोर सजाय

काठमाडौं , माघ ५ । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।

बधुबार काठमाडौं(भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् ।

भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।

त्यसक्रममा संकलन गरिएको फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरी दाबी छ । त्यसपछि श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् ।

साथै पछिल्लो समय चर्चा र विवादमा रहेकी गायिका हुन्, आस्था राउत । एयरपोर्टमा महिला प्रहरी माथि आफुलाई दुर्व्यावाहर भएको भन्दै आक्रोशित हुदै सामाजिक संजालमा लाईभ आएकी आस्थालाई अहिले लाइभ भिडियो नै भारी पर्दै आएको छ। एयरपोर्टको सिसिटिभी फुटेज बाहिरिएसंगै आस्थाको शैली माथि नै प्रश्न चिन्ह उठीरहेको छ। उनि लाईभ आएर आफ्ना अभिव्यक्ति दिदा उिनलाई पक्राउ गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्