एनसीसी बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र विक्री गर्ने

काठमाडौं, माघ ५ । एनसीसी बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेसँगै ऋणपत्र विक्री गर्ने भएका हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्न अनुमती मागेको जनाएको छ ।

बैंकका अनुसार ३० लाख कित्ता मध्य सार्वजनिक निष्कासन मार्फत १२ लाख कित्ता र व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई १८ लाख कित्ता शेयर बिक्री गर्न सकिनेछ । उक्त ऋणपत्रको विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्