अन्नपूर्ण हिमपहिरोमा ४ जना कोरियन र एक जना नेपाली सम्पर्कविहिन, खोजीका लागि हेलिकप्टर परिचालन

काठमाडौं , माघ ४ ।अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ ।

अत्यधिक हिँउ परेपछि विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदमार्गमा कोरियन, चाइनिज पर्यटकसँगै नेपाली गाइड तथा पोर्टल हराएको शुक्रबार सूचना आएको थियो ।

यसैबीच अन्नपूर्ण आधारशिविर (एबीसी) को पदमार्गमा आएको हिमपहिरोमा परेर सम्पर्क्विहीन भएकाहरुको खोजीको लागि हेलिकप्टर परिचालन गरिएको छ ।

शुक्रबार अन्नपूर्ण आधारशिविर अन्तर्गतको देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि केही नेपाली गाइडसहित विदेशी पर्यटक सम्पर्क्विहीन भएका थिए । केही पर्यटको स्थानीय पर्यटन व्यवसायीले उद्धार गरेका थिए ।

ट्रेकिङ एजेन्सिज् एसोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भुजेलका अनुसार सम्पर्क विहीनमध्ये पथ प्रर्दशक जगदिश खत्री र एक जना चिनियाँ नागरिक सम्पर्कमा आएका छन् ।

अझै ४ जना कोरियन पर्यटक र एक जना नेपाली पथ प्रदर्शक सरोज परियार सम्पर्क्विहीन भएको भुजेलले जानकारी दिए । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराबाट छ जना अनुभवी गाइडहरु पनि खोजीको लागि पठाएको उनले बताए ।

नियमित सञ्चारसम्पर्क हुन नसक्दा हराउने संख्या पनि यकिन हुन नसकेको भुजेलले बताए ।

लगातारको हिमपातका कारण सञ्चारसम्पर्क नभएकोले पर्यटकको अवस्था जानकारी पाउन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले बताए ।

उनले प्रहरी टोली छुम्रुङबाट माथि लागिसकेको पनि जानकारी दिनुभयो । एक्यापले पहिरो गएपछि देउरालीभन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्