ऐन संशोधनअघि बढाउन प्रमुख दुई दलबीच जुट्यो सहमति

काठमाडौं, माघ ४ । ऐन संशोधनअघि बढाउन प्रमुख दुई दलबीच सहमति भएको छ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगको ऐन संशोधन गर्न दलहरु सहमतिमा पुगेका हुन् ।

ऐन संशोधनलागयतको विषयमा टुंगोमा पुग्न बिहान प्रधानमनन्त्री निवास बालुवाटारमा भएको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच यस्तो सहमति जुटेको हो ।

ऐन संशोधनलाई कानुन मन्त्रालयबाट अघि बढाएर चाँडै संसदमा पेश गर्ने र सिफारिस समितिले सिफारिस गरेका नाम स्वीकृत गर्ने सहमति भएको बैठकमा सहभागी नेकपा नेता खिमलाल देवकोटाले बताए ।

यही विषयलाई लिएर शुक्रबार पनि दुई दलबीच छलफल भएको थियो। ‘हिजोकै विषयमा आज पनि छलफल गरेर एउटा टुंगोमा पुग्ने सहमति भएको नेता देवकोटाले बताए । १८ पुस २०७० मा सर्वोच्च अदालतले पीडितमैत्री हुने गरी र गम्भीर अपराधका मुद्दामा पीडकलाई छुट्न नदिने गरी ऐन संशोधन गर्न परमादेश दिएको थियो।

यसैबीच दुई आयोगमा आजै नाम सिफारिस हुने भएको छ। नेकपाका एक नेताले सिफारिस समितिले आजै नाम सिफारिस गर्ने बताए।  सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा हुने राजनीतिक नियुक्तिले ती आयोगबाट हुने काम निष्पक्ष र स्वतन्त्र नहुने ती संस्थाहरुको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्