विप्लवको गतिविधिमाथि प्रहरीको उच्च निगरानी, धमाधम पक्राउ पर्दै कार्यकर्ता

काठमाडौं, माघ ३ ।  विप्लवको गतिविधि बढेपछि प्रहरीको उच्च निगरानी बढाएको छ । पछिल्लो समय आगजनी र तोडफोडका घटना बढेपछि प्रहरी विप्लव कार्यकर्ता माथि निगरानी बढाएको हो । यसैबीच संखुवासभाको खाँदबारी बाट प्रतिबतिन्ध नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) का एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ का हरी चापागाई रहेको छन्। प्रहरीले विप्लव कार्यकता चापागाईलाई खाँदबारी बाट पक्राउ गरेको स्रोतको भनाइ छ ।

प्रहरीले विप्लव कार्यकता चापागाईलाई कहाँबाट पक्राउ गरेको भन्ने खुलाउन चाहेको छैन। विप्लव कार्यकर्ता चापागाईलाई हातहतियार खरखजना मुद्दा दर्ता भएको बताइएको छ । खाँदबारीबाट पक्राउ परेका चापागाई जिल्ला अदालत चैनपुर बाट गत पुस २९ गते सात दिनको म्याद थप भएको जिल्ला अदालत चैनपुरले जनाएको छ। खाँदबारी–६ का चापागाई पछिल्लो समय उनी निष्कृय भएर खाँदबारीमै रुद्राक्ष ब्यवसाय लागेको स्थानियको भनाइ छ ।

अज्ञात समूहले संखुवासभाका दुई स्थानीय तहमा आगजनी र तोडफोड गरेका भए पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन ।

अज्ञात समूहले गत मंसिर १८ गते पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको तोडफोड गरेका थिए। त्यस्तै मंसिर २५ मादी नगरपालिका ५ को वडा भवनमा आगजनी हुँदा वडा कार्यालयका सम्पूर्ण कागजपत्र, फर्निचरलगायतका सामग्री धस्त भयो । यही समूहले सोही दिन सडक निर्माणमा रहेको स्काभेटर र एउटा मोटरसाइकलमा आगो लगाएर पूर्ण रुपमा क्षति र्पुयाएका थिए ।

प्रहरीले प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी विप्लवका दर्जन बढी कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले विप्लकका संखुवासभा इन्चार्ज देव गुरुङ र जिल्ला सदस्य सुनिता राईलाई काठमाडौँको गौशलाबाट पक्राउ गरेको हो । विप्लवका कार्यकता निमदोर्जी तामाङ, बुद्धिमान तामाङ, सन्जय तामाङ, लेख बहादुर रातउ, सुजन विक र कोशी ब्यूरो सदस्य डिबी सिलवाल पक्राउ परेको स्रोतको भनाइ छ । त्यस्तै गरी प्रहरीले पाँचखपन नगरपालिका–४ जलजलाका याम प्रसाद गौतमलाई विष्फोटक पदार्थ सहित पक्राउ गरेको छ । साथै विप्लवले एसेलका टावरमा आगजनि गर्ने क्रम पनि निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्