राष्ट्रिय तेक्वान्दो बिहीबारदेखि

काठमाडौं । राखेप च्याम्पियनसिप अन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा हुने भएको छ ।
प्रतियोगिताको ग्योरोगी र पुम्सेमा गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल तेक्वान्दो संघका निर्देशक रामशरण अधिकारीले जनाएका छन् । पुरुष/महिलाको ग्योरोगीतर्फ समान ८–८ तथा पुम्सेमा समान ३–३ स्पर्धमा भिडन्त हुनेछ ।
ग्योरोगीतर्फ पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि, ६८ केजीमुनि, ७४ केजीमुनि, ८० केजीमुनि, ८७ केजीमुनि र ८७ केजीमाथि तौलसमूहमा खेल हुनेछ । महिलामा ४६ केजीमाथि, ४९ केजीमाथि, ५३ केजीमाथि, ५७ केजीमाथि, ६२ केजीमाथि, ६७ केजीमाथि, ७३ केजीमाथि र ७७ केजीमाथि स्पर्धा समावेश छन् । १४–१६ वर्ष, २० वर्षमुनि र २० वर्षमाथि पुरुष/महिलाको एकल पुम्सेमा प्रतिस्पर्धा हुनेछ ।
तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमबाट १ सय ७६ खेलाडी सहभागी हुने निर्देशक अधिकारीले जानकारी दिए ।
राखेप च्याम्पियनसिप अन्तर्गत उपत्यकामा हुने तेक्वान्दो अन्तिम प्रतियोगिता हो । २९ खेल समावेश राखेप च्याम्पियनसिपमा हालसम्म २२ खेलका राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । हक्की (हेटौंडा), खो खो (रुपन्देही), उसु (इटहरीं), राष्ट्रिय तेक्वान्दो (धनकुटा), ब्याडमिन्टन (कञ्चन्पुर) र सफ्ट टेनिस (विराटनगर) सम्पन्न हुन बाँकी छ । महिला फुटबल सम्पन्न भएपनि पुरुष फुटबल (दाङ) भने सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्