सञ्चारमन्त्रीको नेता रावललाइ आग्रह -कसले र कुन फोन नम्बरबाट ज्यान मार्ने धम्की आयो प्रष्ट पार्नुस्

काठमाडौं, माघ २ । केहि दिनअगी मात्रै कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावललाई बालुवाटारबाट ज्यान लिने धम्की आएको समाचार बाहिर आएको थियो । उसोत प्रधानमन्त्रीका प्रेस सल्लहाकार थापार रावलबीच निकै विवाद चर्कीएको थियो ।त्यसपछि रावललाई यस्तो धमकी आएको समाचार बाहिर आएको हो ।

त्यसको विभन्न मिडिया तथा नेताले आ आफनै तरिकाले टिपण्णी गरेका छन् । यसैबीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट पार्न नेता रावललाई आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस्तो आग्रह गरेका हुन् ।

फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने उनले बताए । बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दियो भन्ने प्रष्ट पार्न नेता रावललाई उनले आग्रशह गरे ।

‘प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ, उहाँ पनि नेकपाकै नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँलाई सरकारले सुरक्षा उपलब्ध गराएकै छ, पछुवा पनि छ । त्यसैले उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन ।’

प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई सिध्याउन तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ भनेर सोच्नु गलत हुने सञ्चारमन्त्री बाँस्कोटाले बताए । रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्