कुमारी बैंकमा देवः विकास बैंक गाभिने , समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, माघ २ । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ ।
बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको (अक्विजिसन) औपचारिक हस्ताक्षर भएको छ ।

उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय क्रमशः कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गरेका हुन् ।

यस पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १२० अर्ब तथा ऋण लगानी १०५ अर्ब भन्दा अधिक हुने भएको छ । यसैगरी, बैंकको शाखा संजाल २०० भन्दा अधिक हुने भएको छ ।

समारोहमा दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पधादिकारीहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्