दुर्घटना दिनानुदिन बढ्दै , ६ महिनामा ७० को मृत्यु, ३२४ घाइते
काठमाडौं, माघ २ । पछिल्लो समय सवारी दुर्घटना दिनानुदिन बढ्दै जान थालेका छन् । यसको न्युनिकरणका लागि विभन्न चेतना मुलक तथा अन्य कार्यक्रम ब्यवहारमा लागु गर्न आवश्यक छ ।
यसैबीच चितवन जिल्लामा चालु आव ०७६र७७ को ६ महिनामा सवारीसाधन दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३ सय २४ जना घाइते भएका छन् ।
तीमध्ये १ सय ६ जना सख्त घाइते भएका थिए भने २ सय १८ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।
चालु आवको ६ महिनामा दुर्घटनामा परेर सबैभन्दा बढी पुरुषको मृत्यु भएको छ । ार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा ६१ पुरुष, ९ महिलाको मृत्यु भएको छ ।
१६७ दुर्घटना, २७२ सवारीसाधन संलग्न
यो ६ महिनाको अवधिमा २ सय ७२ सवारीसाधन दुर्घटनामा संलग्न भएकोमध्ये १ सय ६७ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यसमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ ।त्यसपछि दोस्रो दुर्घटनामा कार जिप भ्यान छन् ।
तेस्रो बढी दुर्घटनामा ट्यांकर र ट्रक छन् । यो अवधिमा १ सय १६ मोटरसाइकल, ४५ कार, जिप, भ्यान तथा ३७ ट्रक, ट्रिपर दुर्घटनामा परेका थिए । यस्तै यो अवधिमा २६ बस, १८ साना सवारीसाधन, १२ टेम्पो, ६ ट्र्याक्टर, ५ माइक्रोबस, २ ट्रिपर र ५ अन्य सवारी रहेको कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) दयाकृष्ण भट्टले बताए ।
चितवन जिल्लामा मात्रै होइन देशका अधिकाशं जिल्लामा दुर्घटनामा घटना बढ्दै जान थालेका छन् । यसमा सरकार तथा भौती पुर्वाधार तथा यातायाात मन्त्रीले केहि सोच्नु पर्छ । एउटा समिति गठन गरेर प्रतिवेदमा समेटेर मात्रै दुर्घटनाको न्युनिकरण हुने सम्भावना छैन ।














प्रतिक्रिया दिनुहोस्