सनराइज बैंकले ल्यायो क्यास ब्याक योजना
काठमाडौं, माघ २ । सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त योजना ल्याएको बैंकले जनाएको छ ।
बुधबारदेखि ३ महिनासम्म सञ्चालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका डेबिट(क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरूले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २ सय ५० रुपैयाँ क्यास ब्याक र ई–कर्मसमा कारोबारमा २ सय ५० रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम ३ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत क्यास ब्याक प्राप्त गर्नका लागि डेबिट(क्रेडिट कार्डमार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५ सय रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नुपर्ने तथा कुनै पनि ग्राहकले डेबिट(क्रेडिट कार्डमार्फत एकै पटक वा पटक–पटक गरी एक महिनामा १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद कारोबार गरेमा १ हजार रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्