डिभिजन सडक पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ, ठेकेदार कम्पनीका प्रमुख पनि समातिए
काठमाडौं, माघ १ । अख्तियारले डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेललाई घुससहित पक्राउ गरेको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पोखरेलसहित ५ जनालाई ९ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्यमा इन्जिनियर पवित्रमणि आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा, जिएसआर निर्माण सेवाका प्रोपाइटर ऋषि गौतम छन्।
डिभिजन सडक कार्यालय, पोखराअन्तर्गत सडक स्तरोन्नतिका लागि सम्झौता भई काम सुरू गर्न पेश्की निकासा गरेबापत जीएसआर निर्माण सेवा, पोखराका प्रोपाइटर र डिभिजन सडक कार्यालयका कर्मचारीबीच घुस लेनदेन भइरहेको सूचनाका आधारमा खटिएको अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएकोृ छ ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्