नेपाल बैंकको सिस्टम डाउन भएपछि कामकाज ठप्प

काठमाडौँ , माघ १ । नेपाल बैंक लिमिटेडको सम्पूर्ण कारोबार ठप्प भएको छ । सिस्टम डाउन भएपछि कारोबार ठप्प भएको हो । आज बिहानैदेखि सिस्टममा समस्या उत्पन्न भएको र सुधारको प्रयास जारी रहेको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जनाकारी दिए ।

बुधबार दिउँसोसम्ममा समस्या समाधान भएर कामकाज सुचारु भइसक्ने अधिकारीले बताए । उनले अहिले बैंकबाट रकम झिक्ने काम पूर्ण रुपमा ठप्प रहेको र डिपोजिटको काम केही हदसम्म भइरहेको जानकारी दिए ।

बिहान आठ बजेसम्म ठिकै रहेको बैंकको प्रणालीमा एकाएक समस्या उत्पन्न भएपछि देशभरका शाखा कार्यालयहरुको कामकाज प्रभावित भएको छ । कामका लागि बैंक पुगेका ग्राहकहरु हैरान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्