नेपाली सेनाले काठमाडौं –तराई द्रुतमार्ग निर्माणमा के–के गरे हेर्नुहोस्

काठमाडौं । नेपाली सेनाले ठेक्का लिएको काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्ग(फास्ट ट्रयाक) निर्माण कार्य अगाडी बढेकोछ । अहिलेसम्म फिल्टमा ३३१ सैनिक परिचालन गरिएको छ भने जंगल फाँड्नका २५ मंसिरदेखि २०६ जना सैनिक खटिरहेको नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाली सेनाले सैन्य हेडक्वार्टर भदैकालीमा मंगलबार आयोजित पत्रकार सम्मलेनमा नेपाली सेनाले प्राजेक्टर देखाई दिएको जानकारी अनुसार अहिलेसम्म फास्ट ट्रयाक निर्माणसम्बन्धी विभिन्न १० वटा कामहरु भएका छन् ।

सेनाले दिएको जानकारी अनुसार हालसम्म गरेका कार्यहरु:

1) फास्ट ट्रयाकमा पर्ने ट्रयाकको पहिरो पन्छाउने काम सकिएको छ ।

२) पहिलो चरणमा गत साउनको दोस्रो हप्ता १९० जना सैनिक परिचालन गरिएको छ । दोस्रो चरणमा कात्तिक २८ गते १४१ जना सिपाही थपेर हालसम्म ३३१ जना सैनिकहरु फिल्डमा खटिएका छन् ।

३) बाटो निर्माणका लागि नेपाली सेनाद्वारा खरिद गरिएका हेभी इक्युप्मेन्ट, सवारी साधन र अन्य उपकरणहरु फिल्डमा र्पुयाइएको छ ।

४) फास्ट ट्रयाक निर्माण कार्यका लागि टनेल बाहेकको डिटेल इञ्जिनियरिङ सर्बे नेपाली सेना आफैंले निर्माण गरेको छ ।

५) भारतीय कम्पनी आएएल एण्ड एफएस ले गरेको डीपीआरका सम्बन्धमा उपयुक्त निर्णय गर्न वार्ता टोली गठन गरेर नेपाली सेनाले आफ्नो रायसुझाव पेश गरिसकेको छ । सेनाले भारतीय डीपीआर नमान्ने र आफैं बनाउने निर्णय निकालेको छ ।

६) नेपाली सेना तथा राष्ट्रिय स्तरका निर्माण व्यवसायीहरुबाट गरिने निर्माण कार्यका लागि इक्युप्मेन्ट लीज का साथै २८ वटा ठेक्का प्रक्रियाहरु सेनाले अगाडि बढाएको छ ।

७) आयोजना स्थलमा पर्ने रुखहरु काट्नका लागि मंसिर २५ गतेबाट २०६ जना सैनिकहरु फिल्डमा खटाइएको छ ।

८) पहिलो चरणको रुख कटान, छपान र घाटगद्दी गर्ने काम गत पुस २९ गतेसम्म बारा जिल्लाको ७६।२ चेनेजबाट उत्तरतर्फ ६९।४ चेनेजसम्मको ७ किलोमिटर दूरीसम्म सम्पन्न भएको छ । र, बाँकी ८र९ किलोमिटरसम्मको रुख कटान हाल जारी छ ।

९) मकवानपुर जिल्लामा घर टहराहरुको क्षतिपूर्ति दिने काम ९० प्रतिशत सम्पन्न भएको छ । बारा जिल्लामा क्षतिपूर्ति दिनु नपर्ने सेनाले जनाएको छ ।

१०) जग्गाको मुआब्जातर्फ पनि कामहरु भएका छन् । जस्तै( बारामा सरकारी जग्गा भएकाले मुआब्जा दिनु नपर्ने भए पनि मकवानपुरमा मुआब्जा बुझाउनुपर्ने सबै जग्गाको पूर्जा प्राप्त भएको छ । काठमाडौंमा ७४ कित्ताको पूर्जा प्राप्त हुनुपर्नेमा हालसम्म ६९ कित्ताको पूर्जा प्राप्त भएको छ । ५ कित्ताको धुनीपूर्जा प्राप्त हुन बाँकी छ ।

ललितपुरमा मुआब्जा वितरण गर्न १२५३ कित्ता जग्गाको पूर्जा प्राप्त हुनुपर्नेमा ६६५ कित्ताको मात्रै पूर्जा प्राप्त भएको छ । मुआब्जाका लागि यस जिल्लाबाट ४९६ कित्ता जग्गाको पूर्जा प्राप्त हुन बाँकी छ ।

त्यसैगरी ललितपुरमा फास्ट्र ट्रयाकभित्र पर्ने ९२ कित्ता सरकारी जमीनसमेत हस्तान्तरण हुन बाँकी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

काठमाडौ(निजगढ द्रुतमार्ग आयोजनाका उपप्रमुख सहायक रथी सूर्यप्रसाद खनालका अनुसार आगामी दिनहरुमा सेनाले अहिले ५ थानमा रहेका सुरक्षा वेश क्याम्पहरूलाई वृद्धि गरी १० वटा स्थानमा क्याम्प निर्माण गर्ने योजना रहेको छ ।
‘०७५ बैशाखसम्म ती क्याम्पहरू निर्माण सम्पन्न हुनेछन्’, खनालले भने । उनका अनुसार सेनाले मंगलबारदेखि बाराको निजगढबाट सडक निर्माण थालेको छ । दोस्रो चरणमा माघ तेस्रो साताबाट मकवानपुरको बुदुने र लेनडाँडा क्षोत्रमा रूख कटान कार्य सुरू हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्