डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइनेछ: मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिएका छन् ।
जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी रहेको बताए ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिए । पछिल्लो समयमा स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत अभाव रहेका छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा कूल ३०८ दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्