नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास तथा देव विकास बैंक लिमिटेडबीच आरटिजिएस सम्झौता

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक लि तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आरटिजिएस सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्