सम्पत्तिकै विवादमा आफ्नै पत्नीको घाँटी रेटी हत्या
काठमाडौं, पुस २९ । सम्पत्तिकै लोभमा ६५ वर्षका एक व्यक्तिले आफ्नी पत्नीको घाँटी रेटी हत्या गरेका छन् । यो घटना भारतको महाराष्ट्रको ठाणे भन्ने जिल्लाको हो ।सम्पत्तिको लोभले मानिसलाई कतिसम्म बनाउँछ भन्ने एउटा उदाहरण हो यो ।
हत्या गर्ने प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आरोपी सोमनाथ शुक्लाले विवादका कारण ५५ वर्षकी पत्नी शारदाको हत्या गरेका हुन् ।
उनीहरुबीच दुई फ्ल्याटको भाडाको विषयमा बारम्बार झगडा हुने गरेको थियो । यो फ्ल्याट उनीहरुको छोराको नाममा भएको र त्यसलाई आफ्नो नाममा गर्नु पर्ने दुवैले अडान राख्दै आएका थिए ।
यही विवादमा आइतबार राति उनले श्रीमतीको हत्या गरेका हुन् । पक्राउ परेको माथि अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्