लुम्बिनी विकास बैंकको १२औं सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं ,पुस २९ । २० प्रतिशत लाभांश पारित गदै लुम्विनी विकास बैंक लिको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज एक कार्यक्रमकाबीच सभा सम्पन्न भएको हो ।

सभाले आव २०७५र ७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पूँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

यसैगरी सभाले आव २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू.२ अर्ब ७१ करोड ६३ लाख पुगेको छ । बैंकले २०७६ मंसिर मसान्तसम्म कर्जा लगानी रू.२३ अर्ब ९४ करोडका साथै निक्षेप संकलन रू.२७ अर्ब ८ करोड गरेको सभामा जानकारी दिइयो ।

सभाको अध्यक्षता कम्पनीका अध्यक्ष दशरथ रिसालले गरेका थिए । कम्पनीले हालसम्म ६६ शाखाहरु र १६ ओटा एटीएमबाट बैंकिङ्ग सेवा प्रदान आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्