युनाइटेड फाइनान्सको साधारणसभाः ७.५२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं, पुस २९ । युनाइटेड फाइनान्स लिमिटेडको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज एक कार्यक्रमकाबीचे कम्पनिका अध्यक्ष वसन्त कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले कम्पनीको आ.व.२०७५र७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आ.व. को मुनाफाबाट शेयरधनिहरुलाई ७.५२५ नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको छ ।

साथै साधारण सभामा अध्यक्ष चौधरीले प्रस्तुत गरेको कम्पनीको आ.व.२०७५र७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित भएको छ ।

गत आ.व. मा कम्पनीले रु. ६ अर्ब ५५ करोड निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा रु. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ०५ लाख र खुद मुनाफा रु. ९ करोड ९९ लाख आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ ।

सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चौधरी, राहुल ईन्फ्रास्ट्रक्चर (प्रतिनिधि रोशन अधिकारी), एम.ए. डव्लु इन्टरप्राइजेज (प्रतिनिधि विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्