कालापानी, लिम्पियाधुरा र सुस्ता समेटिएको नेपालको नक्शा सार्वजनीक

काठमाडौं, पुस २९ । कालापानी, लिम्पियाधुरा र सुस्ता समेटिएको नेपालको नक्शा सार्वजनीक भएको छ । सीमा बचाऔँ अभियानले उक्त नक्शा सार्वजनिक गरेको हो ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी भारतबाट अतिक्रमित भूमि समावेश गरी नक्शा सार्वजनिक गरिएको अभियानका सदस्य प्राध्यापक नरेन्द्र खनालले बताए ।

सरकारले माग पुरा नगरे देशव्यापी आन्दोलनमा जाने समेत उनले बताए । यस्तै पूर्वसचिव द्वारिका ढुंगेलले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी समस्या समाधान गर्न कूटनीतिक पहललाई गति दिन अनुरोध गर्ने बताएका छन् ।

यसैगरि अभियानका अर्का संयोजक भैरव रिसालले वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्शा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै सरकारलाई जनस्तरबाट व्यापक दबाबको आवश्कता रहेको औंल्याउनु भयो ।

सार्वजनिक गरिएको नक्शालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरु माझ वितरण गरिने पनि अभियानले जनाएको छ । भारतले आफ्नो नयाँ नक्शा सार्वजनिक भएसँगै नेपालमा यसको विरोध भइरहेको छ । सरकारले यसको वार्ता चाडैँ हुने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्